दार्चुला । दुवै मृगौलाले काम गर्न छाडेपछि दार्चुला दुहुँ १ का पुर्ण बहादुर बमले आर्थिक सहयोगका लागि अपिल गर्नु भएको छ । २ बर्ष अघि देखी बमको दुवै मृगौला फेल भई हाल के एम सी अस्पताल सिनामंगलमा उपचाररथ हुनुहुन्छ । सदरमुकाम खलंगामा सामान्य ब्यवसाय गरेर पारिवारिक गुजारा चलाउँदै आउनुभएका बमको थप उपचारका लागि जीवन रक्षार्थ देश विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुसंँग आर्थीक सहयोगका लागि अपिल गर्नु भएको छ ।
एक छोरा र दूई छोरीको बुवा समेत रहेका बमको मृगौला प्रत्यारोपणका लागि करिव ५० लाख आर्थिक लाग्ने चिकित्सकले बताए पछी रकम अभावका कारण प्रकृया अगाडि बढाउन नसकेको पिडित बमका भाई जंगबहादुर बमले जानकारी दिए । बमको जीवन रक्षाको लागि सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाहरुले बैंक खाता न. १४९१३४९४२२२०५००१ Purna Bahadur Bam लक्ष्मी सनराइज बैङ्क, शाखा- भङ्गाल, काठमाडौमा सहयोग गर्न सक्नु हुनेछ ।
