दार्चुला । सदरमुकाम खलंगामा खुलेयाम रुपमा अखाद्य वस्तु विक्री वितरण भइरहेको भेट्टीएको छ । समय–समयमा बजार अनुगमन गरिने भएको भए पनि व्यवसायीहरुले खुलेयाम रुपमा म्याद नाघेका र अखाद्य वस्तु विक्रीवितरण गरिरहेको पाइएको हो । उपभोक्ताको जीवन माथी नै खेलबाड गरेर याहाका केहि पसलहरुले अखाद्य वस्तु वित्रीवितरण गरिरहेको अनुगमनका क्रममा भेट्टीएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका विपरित केहि पसलहरुले म्याद गुज्रेका मिठाँइ तथा अखाद्य वस्तु विक्रीवितरण गरिरहेको पाइएको हो । उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार प्रत्येक उपभोक्ताले गुणस्तिरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार छ ।
तर याहाँ ऐनको विपरित रहेर व्यवसायीहरुले खुलेयाम रुपमा अखाद्य वस्तु विक्रीवितरण गरिरहेका छन् । उपभोक्ताको गुनासो पछि आज गरिएको संयुक्त बजार अनुगमनलेको टिमले म्याद गुज्रेका समान तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । महाकाली नगरपालिका–४ बसपार्क देखी बिच बजारको पिपलबोट सम्मका किराना पसल, होटल, मासु पसल, सैलुन, ब्युटी पार्लर र मिठाँइका पसल गरी ४२ पसलहरुको अनुगमन गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला आधिकारी एवं बजार अनुगमन समितिका अध्यक्ष प्रदिप सिंह धामीले जानकारी दिनुभयो ।
अनुगमन गरिएका पसलहरुबाट बरामद गरिएको म्याद गुज्रेका समान तथा अखाद्य वस्तुलाई सरोकारवालाहरुको रहोबरमा नष्ट गरिएको उहाले बताउनुभयो । म्याद नाघेका तथा लेवल नखुलेका, सडेगलेका मिठाँइ गरी १३ हजार ९२० रुपैया बराबरको समान नष्ट गरिएको बताइएको छ । संयुक्त बजार अनुगमनको टोली बजारतिर पसेको थाहा पाउने वित्तिकै केहि व्यवसायी तथा मासु पसलेहरुले पसल बन्द गर्ने गरेको पाइएको छ ।
