दार्चुला । म्याद नाघेका र बेवारिसे अवस्थामा रहेका बिष्फोटक पदार्थ नष्ट गरिन लागिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको आम्दानीमा रहेका र बेवारिसे अवस्थाका म्याद गुज्रेका बिष्फोटक पदार्थहरु नष्ट गरिन लागिएको हो ।

उक्त बिष्फोटक पदार्थ महाकाली नगरपालिका(६ स्थितको नेपाली सेनाको फायरिङ रेन्जमा कालीरक्षा गण बडैपुर, कैलालीको डिस्पोजल टोलीले नष्ट गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आजदेखि चार दिन (असोज १६,१७,१८ र १९ गते) बिष्फोटक पदार्थ नष्ट गरिने बताइएको छ । यसैबीच बिष्फोटक पदार्थ नष्ट गरिन लागिएको भन्दै महाकाली नगरपालिकाले एक सूचना जारी गर्दै उक्त अवधी भर सो क्षेत्रमा मानिस तथा चौपायाहरुको आवतजावत निषेध गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय