दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसाे खर काट्ने क्रममा लडेर नाैगाड–१ दल्याडकी ३२ वर्षीया रेपती ठगुन्ना घाइते भएकी थिइन । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
मृतक ठगुन्नाका श्रीमान्, दुई छाेरा र दुई छाेरी छन् ।
अहिले दार्चुलामा खर काट्ने चटारो छ । घाँस काट्ने क्रममा भिरबाट लडेर बर्सेनि दार्चुलाका महिलाहरूले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।
