बैतडी : बलात्कारको आराेपमा बैतडीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलाैली नगरपालिका-५ खलिगाडका २८ वर्षीय नरेश जाेशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए।

जाेशीमाथि असाेज २१ गते बिहान मेलाैली-६ को लामाखोलामा ४५ वर्षीया महिला करणी गरी भागेको आराेप छ। भागेका जाेशीलाई आज (सोमबार) लामालेकबाट पक्राउ गरेकाे हाे।

पक्राउ परेका जाेशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय