बैतडी । नेपाल –भारत सीमा झुलाघाटस्थित झोलुंगे पुल मर्मत कार्य जारी रहेका कारण पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेको छ । यही असोज ९ गतेबाट पुलमा मर्मतको काम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेकाले दशैंका लागि घर फर्कनेहरुलाई भने सास्ती भएको छ । पुलमा नियमित आवतजावत नहुँदा दशैंका लागि घर फर्कनेहरुलाई पुलमा सीमा नाकामा सास्ती भइरहेको भारतीय पत्रकार प्रमोद भट्टले बताए ।

झुलाघाट पुल जीर्ण भएका कारण मर्मत सम्भारको काम भइरहेको र दशैं अघि पुल मर्मतको काम नसकिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।

पुल मर्मतको काम भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय