दार्चुला । दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका वडा नम्बर ७ का बर्ष ३६ का उज्जल बोहरा र सोही ठाउँका बर्ष २८ का रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको जनाइएको छ ।

बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिकावडा नम्बर ८ पस्तिबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय