दार्चुला । एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका वडा ४ खलंगा स्थित शिबनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदिको किनारमा आन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए ।

प्रहरी अनुसार मृतक जिल्लाको दुहुँ गाउँपालिका वडा २ हिकिला बस्ने जयराज टमटा रहेको बुझिएको छ ।

मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडा समेत भेट्टिएको छ । उनी महाकाली नदीमा सरसफाई गर्न गएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । उनी महाकाली नगरपालिका वडा ४ बंगाबगर क्षेत्रमा बसोबास गर्ने गरेको समेत बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय