धनगढी । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन्।

आइतबार बिहान २ बजेको समयमा शिखर नगरपालिका- ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र र सोही ठाउँ बस्ने बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन्।

दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।

जीप सडकबाट ४० मिटर तल सेती नदीमा खसेको छ। चालक भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। चालकसहित जीपमा १० जना सवार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय