दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले गाउँपालिका भित्रका बजारहरुमा पुर्ण रुपमा मदिरा बिक्रि, बितरण र जुवातास नियन्त्रण गरेको छ ।

खासगरी तिहारलाई मध्यनजर गर्दे गाउँपालिका भित्र शान्ती, सुरक्षा,अमनचयन कायम गर्ने उदेश्यले यहाँका बजारहरुमा आज देखि मदिरा बिक्रि बितरण र जुवातास नियन्त्रण गरेको हो ।

खण्डेश्वरी, मकरीगाड, ओखल, काफलधार, तामाखानी, खात्ती, पुतली बजार, कटेलीगाड, पाथा, घुसा, नाली लगायतका बजारहरुमा आज देखि नै मदिरा बिक्रि बितरण र जुवातास नियन्त्रण गरेको जनाएको छ ।

खण्डेश्वरी प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित भई मदिरा बिक्रि बितरण नियमन, घरेलु मदिरा बिक्रि नियन्त्रण र जुवातास पुर्ण रुपमा नियन्त्रण गर्न पहिलो चरणमा ब्यापारीहरुलाई सुझाव सल्लाह दिने र दोस्रो चरणमा अनुगमन गर्दा सोही ब्यहोरा भेटिएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनपती लोथ्याद्धारा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय