रमेश बहादुर सिंह बझाङ । बझाङ जिल्लामा यो वर्ष तिहारमा फूलको अभाव नहुने भएको छ ।

जिल्लाका केहि भेगका किसानहरु फूल खेतीमा लागेपछि बाहिरबाट फूल आयात गर्नुपर्ने बाध्यता हटेको जिल्ला कुर्षि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर बिष्टले बताए । यो वर्ष स्थानीय किसानको उत्पादनले जिललामा बिभिन्न किसिमका फुलको अभाव हट्ने भएको हो ।

कृषि ज्ञान केन्द्रको योजना अनुसार यहाँका केहि किसानले फूल खेती सुरु गरेका छन् । उत्पादित फूलको बजारीकरण गर्न कृषि ज्ञानकेन्द्रले सहयोग समन्वय गर्ने बताएको छ । तर यसमा स्थानीय तहहरुले समेत बाहिर बाट आउने प्लाष्टिकका फूल विक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टले बताए ।

कृषि ज्ञान केन्द्रको तथ्याङक अनुसार जिल्लामा करिब ६० रोपनीमा परम्परागत र ब्यवसायिक गरि फूल खेति गरिएको अनुमान छ । आगामि दिनमा पुल ब्यवसाय बढाउने योजना बनाएर पुष्पखेती गर्ने कृषकहरुलाइ आत्मनिर्भर तर्फ लागिने गरि कार्यक्रम बनाउने योजना रहेको बिष्टले बताए ।

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यन्तै हानिकारक र घातक भएको भन्दै यसमा स्थानीय सरकारले बाहिर बाट आउने प्लाष्टिकका फूल रोक लगाउनुपर्ने र आफुले पनि स्थानीय तह सँग समन्वय र सहकार्य गर्ने उनको भनाई छ ।

जिल्ला बासिले परम्परागत रुपमा विभिन्न प्रजातिका फुल रोपि चाडपर्व, सामाजिक कार्यमा प्रयोग गर्दै आईरहेका छन, । पछिल्ला दिनमा सरकारले फुल खेति लाई बढावा दिन केही अनुदान सहयोग गर्ने नितीले जिल्लाका ३ स्थानमा केही व्यक्तिहरु यो व्यबसाय तिर लाग्न थालेका छन् ।

बिशेष गरी सयपत्री, गुलाव, गुरधौलि (गोदावरी) सुपारि, मखमली, असारे प्रमुख फूल हुन । जिल्लामा बार्षिक रुपमा करिब ५ देखि ७ लाख सम्मको प्लाष्टिकका फूल जिल्ला भित्रिने अनुमान गरीएको छ । स्थानीयतहले बाहिर बाट आउने फूलमा प्रतिबन्ध नलगाए सम्म आफुले मेहनत गरी फलाएको फुलले बजार नपाउने भन्दै कृषकहरुले स्थानीय तहसँग बाहिरबाट आउने फूलमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

यो बर्षबाट बझाङ जिल्लामा बाहिरबाट आउने प्लाष्टिकका माला मुक्त गर्ने उद्देश्यका साथ कृर्षि ज्ञान केन्द्र लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय