दार्चुला । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बिधानगर टोल बस्ने अन्दाजी बर्ष ५५ का जादु भनेर चिनिने प्रेमदत्त जोशी ३ दिन देखि सम्पर्क बिहिन भएका छन ।
मानसिक सन्तुलन बिग्रेका जोशी यहि कात्तिक २२ गते भतिजा सङ उपचारका लागि महेन्द्रनगर गएका थिए ।
२२ गते बिहान दार्चुला देखि महेन्द्रनगर पुगेका जोशी २३ गते बिहानै शौचालय जाने भनी बाहिर निस्केको र अहिले सम्म सम्पर्कमा नआएको उनका भतिजो प्रेमदत्त जोशी जानकारी दिए ।
तस्बिरमा देखिएको हुलिया भएको मान्छे  कहि कतै कसैले भेट्टाएमा नजिकको प्रहरीकार्यालय र भतिजो प्रेम दत्त जोशीको फोन नम्बर ९८४८८४०५८३ मा सम्पर्क गरि सहयोग गरिदिन हुन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय