दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका–१ मा रहेको भाडी बस्कोटको श्मशानघाट जाने बाटो बिग्रिदा मलामीलाई हिड्न समस्या भएको छ ।
स्थानिय कालागाड खोलामा २०७८ सालमा आएको बाढी र पहिरोको कारण पुरानो बाटो भत्किएपछि मलामी जान समस्या भएको दुहुँ गाउँपालिका–२ हिकिलाका स्थानिय प्रेमराज जोशीले बताए ।
पुरानो बाटो बाढीले बगाएपछि मलामीहरुलाई हिड्न समस्या भएको उनले बताए । भाडी, बस्कोट श्मशानघाट स्थित दुहुँ गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का मरेका मानिसहरुको दाह सस्कर गर्ने ठाउँ हो ।
२०७८ साल भदौ १३ गते रातीको बिनासकारी बाढी र पहिरोबाट प्रभावित बनेको भाडी बस्कोट श्मशानघाट सम्मको बाटो र लासलाई चिता दिने ठाउँ उपयुक्त नहुदा समस्या हुने गरेको बताइएको छ । उक्त बाटो निर्माणमा हाल सम्म स्थानीय सरकारले ध्यान नदिएको स्थानियको गुनासो छ ।
