घाइते हुनेमा महाकाली नगरपालिका वडा ५ मोहती बस्ने वर्ष ३३ कि रमिता भट्ट, महाकाली नगरपालिका काटै बस्ने वर्ष ७२ कि विरादेबी भट्ट, तथा महाकाली नगरपालिका बुडिचौरा बस्ने वर्ष ६८ कि मानमति देबी बडू घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै महाकाली नगरपालिका वडा ४ बस्ने वर्ष ३५ कि यसोदा अवस्थी, महाकाली नगरपालिका वडा २ बुडीचौरा बस्ने वर्ष ७० कि उजली देबी फराल, र महाकाली नगरपालिका वडा २ झुस्कु बस्ने वर्ष ४८ का देबदत्त भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप सडकमा पल्टिएको बताइएको छ ।
प्रहरीले जिप चालक हरक सिंह नगाललाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
