प्रेमराज जोशी दार्चुला कार्तिक ०४ । दार्चुला तिंकर सडक खण्डको निर्माण कार्यले गति लिई कालापानी क्षेत्र सम्म सडक पुगे सिमा क्षेत्रको रेखदेख हुने कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले वताउनु भएको छ ।
प्रेस युनियन जिल्ला शाखा दार्चुलाले विहिवार जिल्ला सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री बडूले यस्तो वताउनु भएको हो ।
सडक निर्माणले गति लिन सकेमात्रै कालापानी क्षेत्रमा जनताको उपस्थिति हुने भन्दै सिमा स्तम्भको रेख देख र तुईन विस्तापितमा सडकले महत्व पुर्ण भुमिका खेल्ने वताए ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले दार्चुला तिंकर सडकलाई छुट्टै आयोजनाका रुपमा अघि सारेको र कम्युनिष्ट सरकारले तिंकर सडकलाई महाकाली करिडोरमा मर्ज गरेकोले सडक निर्माणको कार्यले गति लिन नसकेको वताए ।
अहिले फेरी कांग्रेस नेतृत्वको पाटी सरकारमा गएकोले दार्चुला तिंकर सडकलाई विशेष प्राथमिकतामा राखी दार्चुला सदरमुकाम खलंगा देखी ब्याँस गाउँपालिकाको सुन्सेरा सम्म कालोपत्रेको लागी बजेट विनियोजन भैसकेको र ठेक्का लाग्ने वताए । दार्चुला तिंकर सडकको ब्याँस गाउँपालिकाको माथिल्लो क्षेत्रमा नेपाली सेनाले काम गरिरहेको जानकारी गराए ।
विशेष परिस्थितिमा संविद्यानको रक्षाका निमित्त अहिले पाटी सरकारमा गएको भन्दै सरकारको काँधमा चुनौती र विकास निर्माणको जिम्मेवारी रहेको वताए ।
कोभिड १९ को संक्रमण बाट बचाउन सरकारले प्रयाप्त मात्रामा खोप ल्याईरहेको भन्दै सवै नेपाली नागरीकलाई छिट्टै खोप लगाईने प्रष्ट पारे ।
कोभिड १९ का कारण सवै क्षेत्र अस्तब्यस्त भएकोले विकास निर्माण, पर्यटन क्षेत्रको विकासले गति लिन नसकेको वताए ।
नौगाड र चमेलिया नदिको बाँध निर्माणको डिपीआर भैरहेको भन्दै छिट्टै वाँध निर्माण हुने प्रतिक्रिया दिए ।
अदालतले संविद्यानको ब्याख्या गरेर संसद पुन स्थापना गरेका भन्दै यो सरकार परमादेशको सरकार नभई जनादेशको सरकार रहेको प्रष्ट पारे ।
जिल्लाको दुहुँ गाउँपालिका लगायत अन्य स्थानिय तहमा वाढी र पहिरोले क्षतविक्षत गरेको भन्दै भुगर्भ विद एक हप्ता भित्र जिल्ला आउने र अध्ययन पछि मात्रै वस्ति पुनःस्थापन र पुन निर्माण हुने वताए ।
कालापानी क्षेत्रको बैकल्पिक ब्यवस्था गरेर जनगणना हुने वताए । ब्याँस गाउँपालिका बडा नम्वर २ मालका युवक जयसिह धामी वेपत्ता प्रकरणको कुटनीतिक रुपमा छलफल भैरहेको भन्दै दोषीलाई कार्वाही र पिडित परिवारले उचित न्याँय र क्षतिपुर्ति पाउने विश्वास दिलाए । दार्चुलाका कुनै पनि सडक आयोजनाहरु सरकारले नकाटेको भन्दै भ्रमवाट मुक्त रहन र विकास निमार्णका कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय