बैतडी –बैतडीको मेलौली नगरपालिका क्षेत्रभित्र आज पनि सार्वजनिक बिदा दिइएको छ । मेलौली नगरपालिका –१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको ‘देहीजात’को अवसरमा बिदा दिइएको हो । नगरपालिका क्षेत्रभित्र हिजो पनि बिदा दिइएको थियो ।

आज पनि नगरपालिका मातहतका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेलौली भगवती मन्दिरमा जात्रा लाग्ने गर्दछ । हिजोदेखि शुरु भएको जात्रा आज राँगाको बलिसहित समापन हुने गर्दछ । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय