धनगढी । नेकपा एमालेले निकै तामझामका साथ झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी संकल्प यात्रा सुरु गरेको छ । तर एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई भने अभियानबाट बाहिरै राखिएको छ । रावललाई ‘इग्नोर’ गरेरै अभियान सञ्चालन गरिएको उनी निकट स्रोत बताउँछ । एमालेले गत फागुनमा ग्रास रुट अभियान सञ्चालन गरेको थियो । सो अभियानमा पनि एमालेभित्र ओली र रावलबिच कडा मतभेद देखिएको थियो । हालै सम्पन्न एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन पनि रावललाई बाहिरै राखेर गरिएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको थियो ।

संकल्प यात्राको क्रममा शनिबार अछामको साँफेबगर र मंगलसेन पुगेर कार्यक्रम गर्ने एमालेको कार्यतालिका छ । साथै मंगलसेनमा सभा आयोजना गर्ने योजना छ । यद्यपि रावलको गृह जिल्लामा गरिने कार्यक्रममा उनलाई नै उपेक्षा गरिएको भन्दै नेतृत्वप्रति अछाममा नेता कार्यकर्ताको तीव्र असन्तुष्टि देखिएको छ ।

एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीको केन्द्रीय तहबाट निम्तो नभए पनि प्रदेश समितिको तर्फबाट आफूले नै निम्तोसहितको खबर रावललाई गरेको बताए । जैशीले अगाडि भने, ‘हामी र उहाँ एकै निर्वाचन क्षेत्रको हो । लामो समय सँगै काम गरेका छौँ । उहाँ कार्यक्रममा सहभागी भएको भए राम्रो सन्देश जान्थ्यो । तर उहाँ सहभागी नभए पनि कार्यक्रम त अगाडि बढ्छ नै ।’ तर भीम रावल भने पार्टीको मध्यपहाडी संकल्प यात्राबारे आफूलाई जानकारी गराइएको भन्ने कुरा सत्य नभएको बताएका छन् । रावलले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै आफ्नो सहभागिताबारे अध्यक्ष ओलीले चासो नदिएको र महासचिव शंकर पोखरेलले पनि उपेक्षा गरेको बताएका छन् । आजदेखि सुरु भएको एमालेको संकल्प यात्रा १९ दिनमा पाँचथरको चिवा भञ्ज्याङ पुगेर समापन हुने बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय