दार्चुला । भाैतिक याेजना तथा यातायात मन्त्री प्रकाश ज्वालासहितकाे टाेलीले आज (विहिवार) दार्चुला-टिंकर सडककाे अनुगमन गर्ने भएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको टिंकर सडक अनुगमनमा मन्त्री ज्वालासंगै दार्चुलाबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु, भाैतिक याेजना मन्त्रालयका सचिव र नेपाली सेनाका जर्नेल आउदैछन् ।

विहिवार विहान काठमाडौंबाट सुर्खेत हुँदै टिंकर सडककाे अनुगमन टाेली हेलिकप्टरबाट सुन्सेरा पुग्ने तालिका छ ।
प्रचण्ड नेतृत्वको सरकारका विभागिय मन्त्रीले पहिलोपटक टिंकर सडककाे अनुगमन गर्न लागेका हुन् ।

राष्ट्रिय महत्त्वकाे सडक निर्माणमा उच्चस्तरीय अनुगमन गराएर पर्याप्त बजेट व्यवस्थापन गराउन लागिएको सांसद एवं पूर्वमन्त्री बडुले बताए ।
विभागिय मन्त्रीका साथै संसदिय विकास समिति र राज्यव्यवस्था समितिबाट पनि टिंकर सडकमा अनुगमन भ्रमणकाे गृहकार्य भइरहेको उनले जानकारी दिए ।
विहिवार मन्त्रीसहितकाे टाेलीले सुन्सेरा र महाकाली नदी किनार क्षेत्रमा निर्माण भइरहेको सडककाे हवाई अवलाेकन गर्नेछ ।

व्यास गाउँपालिकाकाे वडा नम्बर २ दुम्लिङ वा थिइक्षेत्रमा रहेकाे सेनाकाे क्पाम्पमा पनि अनुगमन टाेली हेलिकप्टरबाट पुग्ने तालिका छ । छाङरू र तिंकर गाउँसम्मकाे क्षेत्रमा हवाइफन्काे लगाएर टिंकर सडककाे प्रस्तावित एलाइनमेन्टकाे समेत अवलाेकन गर्ने तयारी छ ।

सुन्सेरामा रहेकाे नेपाली सेनाकाे टिंकर सडक आयाेजनाकाे मुख्य कार्यालयमा आयाेजना प्रमुखले अनुगमन टाेलीलाई सडक निर्माणकाे ब्रिफिङ गर्ने तयारी छ । मन्त्रीसहितकाे टाेली अनुगमन भ्रमणमा आउने भएपछि नेपाली सेनाका कर्णेल तथा आयाेजना प्रमुख शिवकुमार केसी बुधबार विहान खलंगाबाट सुन्सेरा हिडेका छन् ।
नेपाली सेनाकाे खलंगास्थित विकास निर्माण गण नम्बर २ काे गणपति समेत रहेका केसी अनुगमन भ्रमणकाे व्यवस्थापनका लागि सुन्सेरा गएका हुन् ।
सेनाले निर्माण गरिरहेको टिंकर सडकमा पर्याप्त बजेट व्यवस्थापन हुनुपर्ने र द्रुतगतिमा सडक निर्माण गर्नुपर्ने माग दार्चुलावासीले गर्दैआएका छन् । kalapaninews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय