दार्चुला । आगलागीमा परी दार्चुलामा एक जना ४ महिने शिशुको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नं. ३,होपरीगाडका ४ महिनाका शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार बेलुकी आज साढे सात बजेतिर स्थानीय रणविर टमटाको घरमा आगलागी हुदाँ ४ महिनाका छोरा विजय प्रकाश टमटाको आगलागीमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिनु भएको छ । विद्युत सर्ट हुदाँ रणविर टमटाको दुई तले ६ कोठे घरमा आगलागी भएको उहाँले बताउनु भयो । घरमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

अहिले होपरीगाडबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा ल्याउन उक्त ठाउँमा पानीको समस्या भएको प्रहरीले जनाएको छ ।  नियन्त्रणका लागि गोकुलेश्वरबाट समेत प्रहरी टोली माग गरिएको बताइएको छ । आगलागीबाट टमटाको घर जलेर नष्ट भएको छ । आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय