दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरी बिण स्थाइ ठेगाना भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आएका युवा नेता रघुबिर बोहराको खलंगास्थित घरको छतबाट खसेर ज्यान गएको छ । राष्ट्रिय युवा संघ दार्चुलाका जिल्ला कमिटी सदस्य एबं आसन्न नेकपा (एमाले) दार्चुलाको नवौँ जिल्ला अधिवेसनका अधिवेसन प्रतिनिधि समेत रहनुभएका ४५ वर्षीय बोहराको घाइते अवस्थामा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

आइतबार  दिउँसो खलंगास्थित आफ्नै घरको छतबाट लडेर बोहरा घाइते हुनुभएको थियो । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बोहरा खलंगास्थित आफ्नै घरको छतमा खानेपानीको पाइप मिलाउने क्रममा लडेर गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको आफन्तजनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय