दार्चुला । एक युवती मृत फेला परेकी छन् । मृत फेला पर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका–८ थक्तोलीकी २३ वर्षीया लक्ष्मी जोशीरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार जोशी बिहीवार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक गोबिन्द प्रसाद भण्डारीको नेतृत्वमा प्रहरी टोली खटिई शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय