धनगढी – धनगढीमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बुधबार भीजीबल ईम्प्याक्टको आयोजनामा धनगढीको बी पोलीटेक्निकमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सुरक्षित गर्भपतन सेवाको उद्देश्य, गर्भपतनको अधिकार सम्बन्धि छलफल, प्रजनन् स्वास्थ्यका बारेमा जानकारी र असुरक्षित गर्भपतन सम्बन्धि केहि तथ्यहरु प्रस्तुत गरिएको थियोे।

बुधबार भएको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि कार्यक्रम विभिन्न व्यक्तिको सहभागीतामा सम्पन्न भएको भिजिबल ईम्प्याक्ट सुदूरपश्चिम प्रदेश युथ च्याम्पियन मानसिंह बिष्टले बताए। कार्यक्रम समग्रमा राम्रो भएको र यसलाई अझै ग्रामिण क्षेत्रहरुमा आयोजना गर्दा अझै प्रभावकारी हुन सक्ने सहभागीहरु बताउँछन्।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि विभिन्न नियम कानून भएता पनि व्यवहारमा लागू हुन नसकिरहेको विभिन्न सहभागीहरुको प्रतिक्रिया रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय