दार्चुला । डाडाकोटमा एक चितुवा मृत अबस्थामा फेला परेको छ। मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो।
अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको जनाएको छ । दार्चुलामा पछिल्लो समय गाउँघरमा समेत चितुवा देखिन थालेको र त्रास बढेको विभिन्न ठाउँबाट स्थानीयहरुले जानकारी दिएका छन् ।
सुचना

