दार्चुला । महाकाली नगरपालिका–४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो। सोमबार राति पशुपति शिक्षा मन्दिर विद्यालयमा विद्युतको तार सर्ट भएर कम्प्युटर कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आगलागीबाट कम्प्युटर, सिपियु, टेबल, र्‍याकहरु जलेको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । आगलागी प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा राती नै आनियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय