धनगढी- मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त गरेको छ ।
यस्तै, पुलिस क्लब तेस्रो भएको छ । आजै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस तेस्रो भएको हो । पुलिसले आर्मीलाई ३–१ ले पराजित गर्यो । तेस्रो भएको पुलिसले एक लाख प्राप्त गर्यो । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेशका टोली सहभागी थिए।
