बझाङ: बझाङमा बाघले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष रबेन्द्र खातिका जम्मा १८ वटा बाख्रा जङ्गलमा चराउन लिएको अवस्थामा १८ मध्य ११ वटा बाख्रा हिजो शनिबार बिहान ११ बजे तिर बाघले मारेको हो ।

वडाअध्यक्ष खातिका बाख्रा कालापानि बिसौनाको जङ्गलमा चराउन लिएका थिए, बाघले आक्रमण गरी १८ वटा मध्ये १ बोका, ६ बाख्रा, २ खसि, २ पाठा गरी जम्मा ११ वटा बाख्रा मारेको र १ वटा घाईते भएको र ६ वटा बाख्रा सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एंव प्रहरी निरिक्षक दिपेश चौधरी ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय