दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिकाले १४औं राष्ट्रपति रनिङ सिल्डका लागि आफ्नो टिमलाई जितको शुभकामना सहित विदाई गरेको छ। प्रतियोगिता यही माघ २५ २६ र २७ गते खलङ्गाको शिवनगर खेलमैदानमा हुने खेलकुद समितिका कार्यालय प्रमुख श्यामराज अवस्तीले जानकारी दिए।

प्रतियोगिताको लागि जिल्लाका नौवटै स्थानीय तहका विद्यालयहरुलाई पालिकास्तरमा छनोट भएका विद्यार्थी खेलाडीहरुलाई सहभागी हुने भएका हुन् ।

राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण पदक प्राप्त विद्यार्थीलाई रु.५००० सहित सम्मान गर्ने वार्ड अध्यक्षको भनाइ

जिल्ला स्तरिय १४ औ राष्ट्रिय रनिङ शिल्ड प्रतियोगितामा अपिहिमाल गाउँपालिकाको टिममा भवानी मा.बि सौगन्ना बाट सहभागि हूने खेलाडी हरुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको हो । साथै जिल्ला स्तरिय १४ औ राष्ट्रिय रनिङ शिल्ड प्रतियोगितामा भवानी मा.बि. सौगन्ना बाट सहभागि खेलाडी हरुले स्वर्ण पदक प्राप्त गरेमा वडा कार्यालयको तर्फ बाट नगद रु.५००० सहित सम्मान गर्ने वार्ड नम्बर ५ का वार्ड अध्यक्ष राजेन्द्र सिह धामीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय