दार्चुला । नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुल बन्द हुने भएको छ । भोलि ५ घण्टाका लागि पुल बन्द हुन लागेको हो । झोलुङ्गे पुलका पट्टा र नट बोल्ट मर्मत गर्नुपर्ने भएकाले सीमा पुल बन्द हुने दार्चुला प्रशासनले एक सूचना जारी गर्दै सूचित गरेको छ ।

पुल मर्मत कार्य बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएकाले सो समयमा पुलमा आवतजावत बन्द गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए ।

पुल मर्मत बारे भारतीय पक्षबाट जानकारी प्राप्त भएकाले उल्लेखित समयमा पुलबाट आवतजावत बन्द हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय