दार्चुला । नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका सभापति किसन सिंह सामन्तले खाद्य तथा स्टेशनरीका सामान सहयोग गर्नु भएको छ ।
आफना स्वर्गीय बुबा दान सिंह सामन्तको वार्षिक पुण्यतिथिमा महेन्द्र नमुना माविका अनाथ असाहय विद्यार्थीहरुलाइ खाद्य तथा स्टेशनरीका सामान वितरण गर्नु भएको हो ।
शनिबार सभापति सामन्तले अनाथालयमा पुगेर बालबालीकाहरुलाई चामल, दाल, कापि कलम वितरण गरेका हुन । आफ्नो कुनै प्रचारको लागी नभएर बुबाको सम्झनामा शैक्षिक सामग्री वितरण गरेको उनले बताए ।
सामान बितरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक , बिद्यार्थी लगायत पत्रकाहरुको सहभागिता रहेको थियो ।
