दार्चुला । महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
महाकाली नगरपालिका-४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतवार दिउँसो २ बजेतिर पल्याल आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए ।

१० बजे घरबाट आएकी नगर प्रहरी पल्यालको २ बजे डिउटी थियो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय