दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जीतबहादुर बमले विद्यार्थीका लागि पोशाक उपलब्ध गराउने घोषणा गरेका छन् ।
वडा नम्बर १ मा रहेको पिपलचाैरी माध्यमिक विद्यालय बिणका १ सय ७३ जना विद्यार्थीका लागि विद्यालय पोशाक उपलब्ध गराउने घोषणा गरेका हुन् ।
वडाध्यक्ष बमले प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा १० सम्म अध्ययनरत १ सय ७३ जना विद्यार्थीहरुलाई शैक्षिकसत्र २०८१ का लागि विद्यालय पाेशाक आफ्नो व्यक्तिगततर्फबाट उपलब्ध गराउने घाेषणा गर्नुभएको दुहुँ गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
वडा अध्यक्ष बम नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन । बमले यश अघि पनि थुप्रै सामाजिक कार्य गर्दै आउनु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs
