दार्चुला । जिल्लाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी झुण्डिएको प्रकरणमा प्रहरीले एक युवक पक्राउ गरेको छ ।

मृतक महिलाको परिवारबाट महाकाली नगरपालिका वडा नम्बर ८ का वर्ष २९ का रोसन सिह धामीको नाममा किटानी जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गएको आइतबार महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा स्थित डेरा गरी बस्ने वर्ष २२ कि रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकि हुन ।

पक्राउ परेका युवक महिला नगर प्रहरी संग नजिक रहेको र फोनमा कुराकानी हुने गरेको भन्दै परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएपछि बुधबार  दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।
पक्राउ परेका धामीलाई थुनामा राखेर अनुसन्धान भइरहेको  बताइएको छ ।

पक्राउ परेका धामीविरुद्ध आत्महत्या दुरुस्हान गर्न नहुने सम्बन्धी मुद्धा दर्ता गर्ने तयारी भएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गएको आइतवार दिउँसो २ बजेतिर पल्याल आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुण्डिएको अवस्थामा मृत परेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय