दार्चुला । छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका छन् ।
महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७०-७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
