दार्चुला । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घट्टेकसाडका ५३ वर्षिय दलबहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

शुक्रवार घरबाट नौगाड गाउँपालिकाको केन्द्र होपरिगाड गएका धामी राति अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा शनिबार बिहान घट्टेखोला भिरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रवार नौगाड गाउँपालिकाको स्थापना दिवसमा पुगेका धामी घरफर्किने बेला भिरबाट लडेर ज्यान गएको हुन सक्ने अनुमान छ।

शवलाई पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । घटना बारे प्रहरीले अनुसन्धान गरिहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय