बैतडी । कोदालोले हिर्काएर एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ धामी गाउँका ६५ वर्षिय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् ।
यस्तै घरमा डेरा गरेर बसेका माथि पनि उनले हातपात गरेको बताइएको छ ।
घरमा डेरा गरेर बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देव राज भट्टलाई कोदालोले हिर्काएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कोदालोले हिर्काउँदा दुवै कर्मचारी गम्भीर घाइते भएका छन् । बिहीबार बिहान ९ बजे कृष्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका तिनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी लैजाँदै गर्दा श्रीमतीको बाटोमै मृत्यु भइसकेको र गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका अन्यत्र रिफर गरिएको प्रहरीले जनाएको छ ।
कोदालो प्रहार गर्ने धामीाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
