दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा अन्दाजी ४० वर्षका एक पुरूष मृत फेला परेका छन् । मृतकको पहिचान हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

आज विहान ८ बजे प्रहरीले जानकारी पाएपछि घटनास्थलमा प्रहरी खटिएको छ । स्रोतका अनुसार मृत भेटिएका पुरूष महाकाली नगरपालिका वडा नम्बर १ का रहेको बुझिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय