धनगढी: भारत नेपाल मैत्री संघले आयोजना गरेको होली मिलान महोत्सव सम्पन्न भएको छ । भारतको पलिया बनगाउँमा भारत नेपाल सम्पर्क मञ्चका नेपाल भारतका सबै पदाधिकारी को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न साँकृति झाकी तथा नाच गान सहित शुभकामना आदानप्रदान गरेरे होली मिलन महोत्सव मनाईएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि भारत तर्फ बाट आर एस एस सीतापुर प्रमुख निरज सिंह रहेका थिए भने नेपाल तर्फ बाट भारत प्रमुख अतिथि नेपाल भारत मैत्री संघ केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि शंकर ठाकुर रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरज सिंहले यस्ता कार्यक्रमहरु विभिन्न समयमा आयोजन गर्न पाए नेपाल भारतको सम्बन्ध सुमधुर हुदै जाने बताएका छन् । यस्तै उनले भने नेपाल र भारत विच हिजो पनि भाईचाराको सम्बन्ध रहेको थियो आज पनि रहेको छ र भोलि पनि रहने छ ।

कार्यक्रममा बोल्दै नेपाल तर्फका प्रमुख अतिथि हरिशंकर ठाकुरले होलीको चाडपर्वहरुमा रमाईलो मात्रै नभइ विग्रेका सम्बन्धहरु सुधारदै लैजानुपर्ने र प्रत्यक धार्मिक अस्थाका केन्द्रहरुमा सहभागि हुनु पर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय