दार्चुला कात्तिक १५ । वाढी र पहिरोवाट क्षत विक्षत दुहुँ गाउँपालिकाका विभिन्न वस्तीमा सिर्जत समस्याको अध्ययन गर्नेका निमित्त दुहुँ गाउँपालिका प्रवेश गरेको टोली अध्ययनमै ब्यस्त रहेको छ ।
गत भाद्र १३ गते राति आएको विनासकारी वाढी र पहिरोका कारण जोखीममा रहेको बस्तीको अवस्था वारे भौगर्भीक अध्ययन गर्न राष्ट्रिय विपद जोखीम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणको टोली शुक्रवार साँझ मात्रै दार्चुला पुगेको थियो ।
शनिवार बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख करवीर बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की लगायत सँग छलफल गरी भौगर्भीक अध्ययनका लागी प्रभावित क्षेत्र प्रस्थान गरेको उक्त टोलीले श्रीवगर, निजाङ, नागचौपाती,दौला, भुईकोट,नरोली वथ्थोली सुत्खोला हुदै सोमवार सिमार क्षेत्र पुगेको छ ।
दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की नेतृत्वको टोलीले नेपाल सरकार गृह मन्त्रालय सँग यस अघि गरेको आग्रह वमोजिम प्राधिकरणको टोली दुहुँ गाउँपालिकाका वाढी र पहिरो प्रभावित वस्तीहरुको अध्ययन गर्न जिल्ला आईपुगेको वताईएको छ ।
प्राधिकरणको टोलीमा भौगर्भविद् लेखप्रसाद भट्ट, ईन्जिनीयर दिनेश घिमीरे र सामाजिक र आर्थिक पक्षविद् विनोद सुनार रहेका छन । टोली भोली र पर्सीमा पनि गाउँपालिकाका वाकी क्षेत्रमा अध्ययन गर्ने जनाईएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs