दार्चुला । नेपाल शिक्षक संघको स्थापना दिवसका अवसरमा महेन्द्र नमुना माविको छात्रबासमा रहेका विद्यार्थीहरुलाइ स्टेसनरीका सामानहरु बितरण गरिएको छ । नेपाल शिक्षक संघ महाकाली नगर कार्यसमितिको तर्फबाट स्टेसनरी समान वितरण गरिएको हो।

३५ औ स्थापना दिवस को अवसरमा नेपाल शिक्षक संघका नगर अध्यक्ष धनेन्द्र सिह धामीको अध्यक्षता तथा नेपाल शिक्षक संघ प्रदेश कार्यसमितिका अर्थ उप सचीव महेश भट्ट को प्रमुख आतिथ्यतामा बितरण गरिएको हो ।

कार्यक्रममा जिल्ला सचीव सुरेन्द्र बडु र नमुना मा बि का प्र अ राम दत्त जोशी मालिकार्जुन माबी धापका प्र अ सुन्द्रर सिह बुढाथोकी लगायतको उपस्थिति बितरण गरीएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय