दार्चुला । दुहु गाउँपालिका वडा नम्वर ४ मा रहेको धारीपाटा माध्यामिक विद्यालय धारीमा अध्ययनरत अनाथ बालबालिकाहरुलाई बम दम्पतिले बैवाहिक बर्षगाँठको अवशरमा खाद्यान्न र फलफुल वितरण गरेका छन ।

दुहुँ गाउँपालिका वडा नम्वर १ घर भई हाल लक्ष्मी सनराईज बैंक केन्द्रिय कार्यालयमा कार्यरत राजेन्द्र बम र उनकी श्रीमती सन्तोषी शाही बमको सातौं बैवाहिक बर्षगाँठको अवसरमा खाद्यान्नका साथै फलफूल बितरण गरिएको हो ।
अनाथालयमा सोमबार राजेन्द्र बमका आमा कृष्णा देबी बम र दाई अमर बमको हातबाट चावल, दाल र फलफुल वितरण गरिएको दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिए ।

उक्त बितरण कार्यक्रममा दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती बम, दुहुँ गाउँपालिकाका प्रबक्ता एवम वडा नम्वर ३ का वडा अध्यक्ष देब बहादुर बम, वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण लोथ्याल, शिक्षा साखा संयोजक, कृषि साखा संयोजक, धारिपाटा माध्यामिक बिद्यालयका प्रधानाध्यापक, ब्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय