दार्चुला । जिल्लाको नौगाड गाउँपालिका–६ धुलिगडास्थित सुकेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।

समुदायमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमि ल्याउन अस्थायी प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

शनिवार एक कार्यक्रमका बीच अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको छ । प्रहरी चौकी उद्घाटन कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह, नौगाड गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र सिंह बोहरालगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

सुकेखोला प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जनाको प्रहरी टोली खटिएको छ । धुलिगडामा अस्थायी प्रहरी चौकी नहुँदा शान्ति सुरक्षा कायम गर्न कठिनाई हुने गरेको थियो ।

अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा र अमनचयनमा सहज हुने विश्वास लिइएको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले बताए । दार्चुलामा ७ अस्थायी प्रहरी पोष्ट सहित ३७ वटा प्रहरी युनिट रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय