दार्चुला, मंसिर ०१ । जिल्ला दुहु गाउँपालिका वडा न. २ घर भई हाल कंचनपुर बस्ने उत्तम बहादुर वंमले दुहुँका वाढी पहिरो पिडीतहरुलाई आर्थिक रकम सहयोग गर्नु भएको छ ।
कामको सिलसिला मा भारतको ब्यांलोर स्टोभक्राफ्ट ८१ होरहल्ली इन्ड्रस्टिज एरिया, कम्पनीमा कार्यरत लजिस्टिक डिपाटमेन्टका सुपरभाइरज सरल, असल, एवम, बौद्धिक ब्याक्तित्व बमले दुहुँ गाउँपालिकाका वाढी र पहिरो पिडीतहरुलाई १ लाख रुपैया नगद सहयोग गर्नु भएको हो ।


गत भदौ १३ गते राति आएको अविरल वर्षा सँगै विनासकारी बाढी र पहिरोमा परि विस्तापित एवम् घरबारविहिन हुनु भएका परिवारहरुको सहयोगार्थ दुहुँ गाउँपालिका बाढी पहिरो पीडित सहयोग संकलन समिति मार्फत सहयोग गर्नुभएको सहयोग संकलन समितिका कोषाध्यक्ष पुरन सिह साहुले जानकारी दिनुभयो ।
दुखको घडीमा बमले गर्नु भएको सहयोग र सद्भावप्रति सहयोग संकलन समिति आभार प्रकट गरेको छ ।
सहयोग संकलन समितिले बमवाट आगामी दिनमा पनि सहकार्य, सहयोग र सद्भावको अपेक्षा राखेको छ ।


आफु जन्मेको जन्मस्थलमा वाढी र पहिरोले मच्चाएको वितङडा सामाजिक सञ्जाल र संचार माध्यममा पढ्न र सुन्न पाएको भन्दै बमले थोरै भएपनि पिडितको घाउमा मलम लगाउने प्रयास गरेको प्रतिक्रिया दिएका छन ।
आफु जन्मे हुर्केको ठाउँमा परेको विपत्तिले मन थाम्न नसकिएको भन्दै आफै आफ्नो रकम वोकि गाउँपालिकामा आई गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की बाढी पहिरो पीडित सहयोग संकलन समितिका अध्यक्ष लोकेन्द्र बहादुर बमलाई हस्तान्तरण गरेको वताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय