दार्चुला, मंसिर ०५ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुला जिल्लाको प्रदेश क्षेत्र नम्बर १ (क) मा मतदान सुरु भएको छ । सभापतिसहित ४ पदमा सहमति जुट्न नसक्दा मतदान गरिन लागिएको निर्वाचन समितिले जनाउनु भयो । सभापति, सचिव, सहसचिव र प्रदेशसभा अधिवेशन प्रतिनिधि (खुला) पदका लागि मतदान भैरहेको निर्वाचन अधिकृत देवराज जोशीले वताए ।
उपसभापतिमा भने सर्वसहमतिबाट गोपाल सिह कार्की र बिरा दत्त भट्ट निर्विरोध चयन भएका छन् । प्रदेश क्षेत्र नम्बर १(क) को सभापतिका पदका लागि मन्दिर सिह धामी र गणेश सिंह धामीबीच चुनाव भइरहेको छ । यस्तै सचिव पदका लागि २ जयसिह धामी, पुष्कर राज जोशी र हरि दत्त जोशी, सहसचिव पदका लागि कबिता शाही चन्द, कलम सिह धामी, बिरुराम लोहार, राजेशराज पन्त र सन्जा ऐरी चुनाव लडिरहेका छन् ।

प्रतिनिधि तर्फ १३ जना चुनावी प्रतिष्पर्धामा छन् । सभापतिमा एक जना, सचिवमा २ जना, सहसचिवमा २ जना र प्रदेश प्रतिनिधिमा ७ जना निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । ५ सय ८७ मतदाता मध्ये अहिलेसम्म २ प्रतिशतले मात्रै मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय