दार्चुला । ब्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार गाउँपालिकाको आयोजना तथा मष्टमालिका संचार प्रा.लीको सहजीकरणमा  सम्पन्न भएको छ ।

गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था, आर्थिक तथा वित्तीय प्रगति र नागरिकका गुनासा तथा सुझावका विषयमा जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णानन्द बडुले गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको प्रगति, सेवा प्रवाहको अवस्था, बजेट कार्यान्वयन तथा खर्चको विवरण सार्वजनिक गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिकाको विकास निर्माण, सडक तथा यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सामाजिक सुरक्षा, सेवा प्रवाहलगायत विभिन्न विषयमा प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए।

सहभागीहरूले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट तथा कार्यान्वयन गर्न, विकास निर्माणका काममा गुणस्तर कायम गर्न र सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउन आग्रह गरेका थिए।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासा माथी गाउँपालिका अध्यक्ष मंगल सिंह धामी,वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र कुवर,प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशी, र सम्बन्धित शाखाका कर्मचारीहरूले जवाफ दिएका थिए। नागरिकबाट प्राप्त सुझाव तथा गुनासालाई आगामी योजना तथा कार्यक्रम निर्माणका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, उपभोक्ता समिति तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

प्रमुख जवाफदेही वक्ता समेत रहेका ब्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी ले सार्वजनिक सुनुवाइबाट प्राप्त नागरिकका सुझाव र गुनासालाई आगामी दिनमा सेवा प्रवाह तथा विकास निर्माणलाई थप प्रभावकारी बनाउन उपयोग गरिने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय