दार्चुला मंसिर २३ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलामा बिहिवारवाट ल्याव सेव सुचारु भएको छ । मानव शरीरमा लाग्ने विभिन्न रोगहरुको परिक्षण गरि आयुर्वेद पद्धतिवाट उपचार गर्ने उदेश्यले ल्याव सेवा सुचारु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका कार्यालय प्रमुख रंगलाल महतले जानकारी दिए ।
सुगर, जन्डीस, मलेरिया, टाईफाई, युरिक एसिड, रक्त अल्पता लगायत थुप्रै रोगहरुको ल्यावमा परिक्षण गरिने र आयुर्वेद पद्धतिवाट उपचार गरिने उनले वताए ।
शुदुरपश्चिम प्रदेस सरकारको ५ लाख रुपैयाको लागतमा ल्याव सेवा सुचारु गरिएको हो । संघ सरकारले १ जान ल्याव टेक्निसियनको तलव भत्ता उपलब्ध गराएको छ । बिहिवार (आज) शुरुकै दिन २ जना सेवाग्रहीहरुले सेवा लिएको कार्यालय प्रमुख महतको भनाई छ । युरिक एसिड वाहेक अन्य रोगहरुको २ घण्टा भित्रै रिपोर्ट आउने र विरामीले धेरै कुर्नु पर्ने अवस्था नरहेको उनले जानकारी दिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कार्यालय गल्फैको भवनमै सेवा संचालनमा रहेको जानकारी दिदै कार्यालय प्रमुख महतले सक सम्म सेवाग्राहलिाई निशुल्क सेवा प्रदान गर्ने बताए ।