दार्चुला, मंसिर २३ । जिल्लाको दुहुँ गाउँपालिका बिभिन्न बस्तिमा विद्युतलाईन बिस्तारका लागि नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग माग गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, उपाध्यक्ष ईश्वरी जोशी, वडा अध्यक्ष गोपाल सिह कार्की लगायतको टोलीले शुक्रवार नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा पुगेर कार्यकारी अधिकृत घिसिङसँग माग गरेको हो ।
जबाफमा घिसीङले कार्यालयका ईन्जिनियर लाई बोलाई तुरुन्त काम गर्न निर्देशन दिनु भएको छ । गाउँपालिकाले थप ७ करोड बराबरको लागत थप गरी डेलिगेसन बुझाएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
प्राधिकरणले ग्रामीण विद्युतिकरण प्रयोजना भित्र दुहुँ गाउँपालिका लाई अति महत्वपुर्ण गाउँपालिकाको रुपमा राखेको अध्यक्ष कार्कीले जानकारी दिए ।
तुरुन्तै सर्वेको लागि ईन्जिनियर जिल्ला आउने बुझिएको छ । तत्काल पोल तार जिल्ला पठाउने तयारी गर्न घिसीङले कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
विद्युत प्राधिकरणले तत्काल प्राविधिक दिने र भाडा र जनश्रमदानमा गाउँपालिकाले पोल ढुवानी गर्ने सहमति भएको अध्यक्ष कार्कीले जानकारी दिए ।