मनिसा बिष्ट, ब्याँस । आईतवार बिहान आएको हावा हुरीले ब्यास गाउँपालिका वाड नम्वर २ तल्लो दुम्लिङ्ग मा रहेको सामुदायिक भवनको छानो पल्टिएको छ । छानो पल्टिएपछि उक्त भवनमा बसोवास गर्ने दार्चुला तिंकर सडकका कामदारहरुको बेजोग परिस्थिति बनेको छ ।

ब्याँस गाउँपालिका वडा नम्वर ५ धौलाकोट स्याँकुका ६ ÷७ जना कामदारहरु उक्त भबनमा केहि समय अगाडि देखी बस्दै आईरहेका थिए । हावाहुरीका कारण खाद्य सामान र खाना पकाउँने भाडाकुँडा समेत माटोले च्यापिएको ठेकेदार मुकेश बुढाथोकीले बताए ।

साथै भबन भित्र रहेका ओडने बिछ्याउने कपडाहरु समेत माटोले पुरिएको जानकारी दिए । सामुदायिक भवनमा बस्दै आएका कामदारहरु छिमेकिको घरमा डेरा खोजिरहेका छन । यो सँगै स्थानिय २ जनाको भन्सा घरको छानो पनि पल्टिएको छ । स्थानिय राजेन्द्र बुढाथोकी र सरोज बुढाथोकीको बिहान ८ बजे कै हावाहुरीले खाना पकाउने भान्सा घरको छनो पल्टाएको हो । हावाहुरी का कारण भएको क्षतीको वडा नम्वर २ का वडा अध्यक्ष धिरेन बुढाथोकी ले अनुगमन समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय