दार्चुला । भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका वडा नम्बर २ घुसाका रिउले धामीका छोरा अन्दानी २८ बर्षीय जनकसिंह धामी रहेका छन । घर नजिकै भिरमा दाउरा संकलन गर्ने क्रममा बुधबार बेलुकी भिरबाट लडेर धामीको घटना स्थलमै मृत्यु भएको छ ।
मृतक धामीको घरमा आमाबुबा, श्रीमती, एक छोरी रहेका छन । धामीको निधनपछि परिवार शोकमा डुबेको छ । मृतक धामी नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी अपिहिमाल गाउँपालिका कमिटी सचिवालय सदस्य समेत हुन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय