दार्चुला । जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना माध्यामिक विद्यालयको छात्रवासमा आश्रित छात्रहरुलाई नेपाल रेडक्रस केन्द्रिय कार्यालय काठमाडौंले कम्वल र नगद रुपैया सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयले छात्रवासमा रहेका १६ जना छात्रहरुलाई ४० पिस कम्वल र नगद जनहि २ हजार रुपैया हस्तान्तरण गरेको कार्यक्रम संयोजक सुन्द्रर सिह धामीले जानकारी दिए । शनिवार छात्रवास भवनमा एक औपचारीक कार्यक्रम गरि वितरण गरिएको संयोजक धामीले जानकारी दिए ।
नेपाल रेडक्रस जिल्ला शाखा दार्चुलाका अध्यक्ष गोपाल सिह महराको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महादेव बडू रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक राम दत्त जोशी विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बडूले छात्रवास संचालनमा आएदेखी हाल सम्म धेरै जसो निकायवाट सहयोग प्राप्त भैसकेको भन्दै सहयोगको कार्यलाई यसरीनै सधै अगाडि वढाई विद्यालयको छात्रवासमा आश्रित वालवालिकाहरुलाई सहयोग गर्न अपिल गर्नु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले विद्यालयको छात्रवासमा आश्रित छात्रहरुको आवश्यकता अनुसार रेडक्रस केन्द्रिय कार्यालय र जिल्ला शाखाले गरेको सहयोगको प्रशंसा गर्दै अव छात्रहरुलाई वसोवासमा सहज हुने वताए ।
त्यस्तै अहिले गाउँघर तिर छात्रवासको निकै प्रचारप्रसार भएकाले गाउँघरवाट फोन सम्पर्कमा वालवालिकाहरु आउन थालेको भन्दै भविष्यमा भौतिक ब्यवस्थापनमा निकै समस्या हुने संकेत गरे ।
छात्रवासमा वसोवास गर्ने छात्रहरुलाई भविष्यमा जिवनयापन गर्न सहयोग पुगोस् भन्ने उदेश्यले विद्यालयको सिपमुलक तालिमहरु संचालन गर्ने तिर ध्यानाकर्षण भएको वताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs