दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको विदाई गरिएको छ । दार्चुला जिल्लावाट गृहमन्त्रालय सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी जोशीको आईतवार कर्मचारी मिलन केन्द्र दार्चुलाले एक औपचारीक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।
गृह मन्त्रालयले जोशीको पुष २१ गते गृह मन्त्रालयमा सरुवा गरेको थियो ।
मिलन केन्द्र दार्चुलाको आयोजनामा गरिएको बिदाई कार्यक्रममा मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमर सिह धामीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा रहनु भएको थियो भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर बहादुर कार्की रहनुभएको थियो ।
कार्यक्रममा महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट, नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी, अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिह मन्याल, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, जिल्ला स्थित सुरक्षा नियकाका प्रमुख, विभिन्न कार्यालयका प्रमुख लगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने आधिकांश वक्ताहरूले प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले आफ्नो ११ महिने छोटो कार्यकालमा सम्झिने काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोशीले दार्चुलाको सम्झना सँधै रहिरहने र आफ्नो कार्यकालमा विभिन्न सल्लाह सुझाव दिने नेता, कर्मचारी, पत्रकार, आम नागरिक लगायत सम्पुर्णमा धन्यबाद व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले २०७७ फागुन २३ गते दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
गृह मन्त्रालयले उहाँको सरुवा गरे संगै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।